बजार हिंड्न भनेर मोटरसाइकल स्टार्ट गर्दैगर्दा ऊ पनि फुत्त बाटोमा निस्किइ। मलाइ देख्ने बित्तिकै बोली हाली “बजार जान लागेको हो? म पनि जान्छु है तँ संगै?”
मैले उसलाइ आँखा तर्दै हेरेर जवाफ फर्काएँ “हिँड्दै जान सक्दिनस् ?”

उसले मुख फुलाएर बोली “हेरन सन्केको च्याँसे। लग्दैनस् भने लग्दिन भन्न, गैहाल्छु नि हिँड्दै।” मैले उस्तै रुखो स्वरमा बोलेँ “बोइफ्रेन्ड होला त, बोलाउनु नि लिन। किन जानू पर्यो म संग?” उसले ङिच्च दाँत देखाएर मलाइ खिस्याउँदै बोली “अहिले चाहिँ तँ लग्दे न, भरे फर्किंदा चाहिँ बोइफ्रेन्ड संगै आउँला।”

मैले ठुलो श्वरमा झर्किएर बोलेँ “तेरै बोइफ्रेन्डलाइ बोलाअएर जा। मलाई बोक्नु छैन अर्काकी गर्लफ्रेन्ड।” त्यति नै बेला भित्रबाट आमा बरन्डामा निस्कनु भयो अनि बोल्नु भयो “हैन के भयो? फेरि बाझ्न थाल्यौ कि क्याहो?” उसले लाडे पल्टिंदै आमालाई पोल लगाइ हाली “हेर्नु न आन्टी। मलाइ पनि बजार सम्म छोड्दे भनेको सन्किन्छ च्याँसे।” आमाले मलाइ कराउनु भयो “पुर्याइ दे न त अनि। किन सन्किनु पर्यो?”

आमाले पनि उसैको पक्ष लिएपछी मेरो केही लागेन। मैले झन्किदै भनेँ “बस् अनुहार सक्येकी च्याखुरी।” उ मोटरसाइकलमा बस्दै सानो स्वरमा फतफताइ “तेरो अनुहार त खुबै राम्रो छ नि च्याँसे।”

मोटरसाइकलको पछाडी सिटमा बसेकी उसले धेरैबेर सम्म केही बोलिन। मैले पनि बोलाइन। केही अगाडि बढेपछी बाटोमा स्पीड ब्रेकर आयो। मोटरसाइकल अलिकती मात्र के उफ्रीएएको थियो। उ एक्कासी अगाडि आएर म संग टाँसिइ। निकैबेर सम्म पनि उ पछाडी नसरे पछि मैले बोलेँ “पछाडी सर्। तेरो बोइफ्रेन्डले म संग टाँसिएको देखेर छोड्देला।” ऊ झनै टाँसिएर हाँस्दै बोली “छोड्यो भने तँ छंदै छस् नि। के को चिन्ता।”

मैले मेरो सरिर झटकाउंदै सन्किएर बोलेँ “पछाडी सर् भन्दैछु। नत्र लडाइ दिन्छु म।” झनै उसले मेरो कम्मरमा हातको फेरो हालेर हाँस्दै बोली “लडाए संगै लडौंला, मरे पनि संगै मरौंला नि।”

मलाइ उसलाइ फर्काउने कुनै जवाफ आएन। मेरो ढाडमा उसको कोमल छातिको स्पर्शलले मलाई मैन झैँ पगाली रहेथ्यो। कम्मरबाट बेरिएका उसका हातहरुले मेरो पेटमा काउकुती लागि रहेथ्यो। म केही नबोली एकहोरो मोटरसाइकल चलाई रहेँ। मेरो मौन स्वीकृति पाएकी उसले मलाइ झनै कसेर पकड्दै काँधमा सिर ढल्काइ।

चोकमा पुगेपछी मैले मोटरसाइकल रोकाएँ। उ मोटरसाइकल बाट उत्रीइ अनि सानो स्वरमा बोली “गै हाल्छस् ? चिया खाएर जा।”

चिया पिउने मन नभएको हैन तरपनी हुन्छ भन्न सकिन। मेरो पुरुषार्थको प्रतीक म भन्दा अगाडी बढेर मलाइ त्यहाँ बाट निस्कन बाध्य बनाउदै थियो । त्यो अवस्थामा मोटरसाइकलबाट उत्रनु सहि ठानिन। मैले उसलाइ एक पटक हेरेर सानो स्वरमा बोलेँ “हतार छ मलाइ, जान्छु म।”

उसले मलाइ एकहोरो हेरेर केही नबोली मुस्कुराइ मात्र रहि। मलाई अफ्ठेरो महसुस भयो। मैले मोटरसाइकल घुमाउंदै बोलेँ “भरे कति बजे फर्किन्छेस्?” उसले हाँस्दै बोली “तीन बजे तिर। आउँछस् लिन?”

मैले ऊ पटि फर्किएर बोलेँ “अब तेरो बोइफ्रेन्डले नै पुराइदिन्छ भनेत के आइ भयो र। नत्र आउंछु।” ऊ लजाए झैँ अनौठो तरिकाले हाँस्दै बोली “च्याँसे बाँदर।” म मुस्कुराउंदै अगाडि हुइकिएँ।

-सन्तोष बस्नेत-