गर्मीमा खानेकुरा चाडै सड्न सक्छ । कसरी खानेकुरालाई लामो समय ताजा राख्ने ? हरेक गृहणीका निम्ति चुनौतीको कुरा हो यो । किनभने सागसब्जी, फलफूल लामो समय भण्डारण गर्न सकिँदैन । निश्चित अवधीपछि त्यस्ता खानेकुरा कुहिन, सड्न थाल्छ । यद्यपी केहि विधी छ, जसले औसत भन्दा लामो समयसम्म खानेकुरालाई फ्रेस राख्न सकिन्छ ।

अन्डा : अन्डालाई लामो समय फ्रेस राख्नका लागि त्यसलाई फुटाएर राख्न सकिन्छ । यसरी आन्डा फुटाएपछि त्यसलाई आइस ट्रेमा राख्नुपर्छ । पहेंलो भागमा आइसक्युव राख्नुपर्छ । पहेंलो भाग जस्ताको तस्तै राख्नका लागि यसमा थोरै नुन वा चिनी हाल्नुपर्छ । जब आवश्यक्ता पर्छ, अन्डाको आइसक्युव झिकेर पकाउन सकिन्छ । यसो गर्दा अण्डामा भएको पोषक तत्व पनि नास हुन पाउदैन ।

सस : प्रयोग गरेर बचेको सस लामो समय टिकाउन गाह्रो हुन्छ । यद्यपी केहि समयसम्म त्यसलाई फ्रेस राख्नका लागि फ्रिजर व्यागमा हालेर प्याक गर्नुपर्छ । जब आवश्यक हुन्छ, व्याग खोलेर प्रयोग गर्न सकिन्छ । तर यदा गर्नु पर्ने कुरा के हो भने ससको प्रयोग गरिसक्नु पर्ने म्याद त्यति लामो हुदैन । यसलाई धेरै समय पछि प्रयो गर्नु हुदैन ।

सागपात : हरियो सागपातलाई लामो समय फ्रेस राख्नका लागि कुनै काँचको जारमा हाल्नुपर्छ । काँचको जारमा हालेर राखेको हरियो सागपातको पोषक तत्व मात्रै सुरक्षित रहने होइन कि यसको हरियोपना पनि कायम रहन्छ जसले गर्दा तपाईलाई फ्रेस सागपात खाएकै भन्ने लाग्छ भने पाउनु पर्ने पौष्टिकता पनि पाउँछ ।

स्याउ : स्याउलाई तपाई फ्रिजमा केहि महिनासम्म फ्रेस राख्न सक्नुहुन्छ । यद्यपी स्याउलाई फ्रिजमा स्टोर गर्दा ध्यान दिनुपर्छ कि, त्यसलाई अर्को वस्तुसँग स्पर्श गराउनु हुँदैन । त्यसलाई पत्रिकामा पोको पारेर भने राख्न सकिन्छ ।

हरियो प्याज : हरियो प्याजलाई खराब हुन नदिनका लागि त्यसलाई एक गिलास पानीमा हालेर राख्नुपर्छ । हरियो प्याजको जरा छ भने जरालाई पानीमा डुबाएर राख्दा पनि प्याजको ताजापन कायमै रहन्छ । यसरी पानीमा राखेपछि त्यो ताजा रहन्छ ।