तपाइंको पार्टनरले तपाइंलाई साँच्चिकै प्रेम गर्छ या त्यो प्रेम मात्र देखावटी हो, यसलाई लिएर धेरै मानिसहरु कन्फ्युज रहने गर्छन। यस्ता मानिसहरु आफ्नो प्रेम जीवनलाइ लिएर तनावमा पनि रहने गर्छन्। प्रेम साँचो हो या होइन आखिर कसरि जान्न सकिन्छ त?

धेरै मान्छे यो कुरालाई लिएर संकामा रहन्छन् कि उनको पार्टनर उनलाई साँचो प्रेम गर्छ या त्यो प्रेम मात्र देखावटी हो? अनि धेरै पटक मानिसहरु यो पनि सोच्छन कि “के म उसलाई जति माया गर्छु, उसले पनि मलाइ त्यति नै माया गर्छ होला?” यो एउटा ठुलो दुबिधा वाला स्थिति हुनसक्छ। यसले गर्दा संका बढेर धेरैको प्रेम सम्बन्ध खतरामा पनि पर्ने गरेको छ। यो स्थितिमा मानिसहरु आफ्नो पार्टनरलाइ आरोप प्रत्यारोप गर्न सुरु गर्छन्। प्रेमको गहिराइ कति छ, तपाइंको पार्टनर तपाईं संग कुन लेभलमा जोडिएको छ, यी कुराहरुलाई जान्नको लागि प्रेमको भाषा बुझ्न जरुरि हुन्छ। यी प्रेमका भाषा केहि संकेतहरु भित्र लुकेका हुन्छन्। आउनुस बुझौँ ति संकेतहरु केके हुन् भनेर।

प्रेम स्वीकार गर्नु : हरेक मान्छे चाहन्छ कि उसको प्रेम स्वीकार भैदियोस्। आफ्नो पार्टनरले खुलेर भनोस् कि ऊ माया गर्छ। धेरै मान्छेहरु माया त गर्छन्, तर खुलेर त्यसलाई भन्न भने हिचकिचाउने गर्छन्। यसो हुँदा आफ्नो पार्टनरले यसलाई गलत तरिकाले बुझ्न सक्छ। उसले प्रेम नै गर्दैन कि भनेर संका गर्ने स्थिति बन्न सक्छ। प्रेम सम्बन्ध बलियो बनाउन आफ्नो पार्टनरलाई स्पेसल फिल गराउन जरुरि हुन्छ। जव आफ्नी प्रेमिकालाई तपाई भन्नु हुन्छ कि “तिमि साह्रै सुन्दर देखिएकी छौ, तिमि जस्तो सुन्दर अरु कोहि छैन” तब उनि धेरै खुशी हुनेछिन्। अनि तपाईं प्रति उनको भरोशा बढेर जान्छ। केटि मात्र हैन केटा पनि आफ्नो प्रेमिकाबाट यो सुन्न चाहन्छन् कि “ऊ साँच्ची राम्रो छ, उसले आफ्नो करियर अनि लाइफमा राम्रो गरिरहेको छ अनि ऊ आफ्नी प्रेमिकाको लागि एउटा हिरो सरह हो।”

शारीरिक स्पर्श : प्रेम भाव दर्शाउनको लागि शारीरिक स्पर्शले ठुलो भूमिका खेल्दछ। स्पर्श प्रेमको एउटा भाषा हो। स्पर्श बिना प्रेम दर्शाउन बहुत मुस्किल हुनेगर्छ। सानो बच्चालाई पनि जवसम्म तपाईं छोएर उसलाई प्रेम दर्शाउनु हुन्न तबसम्म ऊ सन्तुष्ट हुँदैन। साँचो प्रेमको अभिव्यक्तिको लागि स्पर्शको महसुस हुन बेहद जरुरि हुनेगर्छ। शारीरिक स्पर्शको मतलब मात्र यौनजन्य क्रियाकलाप हुँदैन। तपाईं जव आफ्नो पार्टनरलाइ प्रेमले अंकमाल या स्पर्श गर्नुहुन्छ तब तपाईंहरु बीच प्रेमको भाव साटासाट हुन्छ, जुन मुखले बोलेर साट्न असम्भव हुनेगर्छ।

क्वालिटी टाइम : क्वालिटी टाइमको मतलब यो हो कि, जसलाई तपाईं प्रेम गर्नुहुन्छ ऊ तपाईं प्रति पूर्ण रुपले समर्पित होस्। तपाइँहरु एकअर्काको कुराहरुलाई साँच्चीकै सुन्नुहोस अनि बुझनुहोस्। एकअर्का संग नजर जुधाउदै प्रेमिल गफ गर्नुहोस अनि समय बिताउनुहोस। यसरि आपसमा सुन्दर समय बिताउँदा एकअर्कामा प्रेम अनि बिश्वास बढेर जान्छ।

एकअर्काको मदत गर्नु : तपाइँ तब प्रेमको महसुस गर्नुहुन्छ जब तपाइंलाई कसैले मदत गर्छ। पार्टनरको बिचमा यो जरुरि हुन्छ कि एकअर्कालाई जरुरत पर्दा उसको मदत गरियोस। यस्ता जरुरतहरु धेरै प्रकारका हुनसक्छन। कुनैबेला कसैलाई पैसाको जरुरत होस् या बिरामी परेर सहयोगको आवस्यकता होस्। यस्तो बेलाको मदतले तपाईंहरुको प्रेममा बलियो पिल्लरको काम गर्छ अनि सजिलै टुट्न दिदैन।

उपहार दिने या पाउने : उपहार दिंदा पार्टनरलाइ धेरै खुशी मिल्नसक्छ। उपहार महँगो नै हुनपर्छ भन्ने हुँदैन। कहिलेकाही तपाइँ प्रेमले केहि चकलेट नै आफ्नो पार्टनरलाइ उपाहार दिएपनि त्यसले धेरै खुशी दिनसक्छ। उपहार दिनको लागि भ्यालेनटाइन् डे या बर्थडे पर्खनु पर्दैन, जुनसुकै समय पनि दिन सकिन्छ। यसरी उपहार दिनाले तपाईंहरुको प्रेममा मिठास थपिन्छ। अनि पार्टनरको दिलमा तपाईं प्रति बिश्वास पनि बढ्छ।

प्रतिबद्ध छैन/ कमिटमेन्ट गर्दैन : यदि ऊ कहिले पनि कमिटमेन्ट गर्दैन,  ऊ तपाईंलाई तपाईंको सम्बन्धको भविष्यको बारेमा कुनै आश्वासन दिदैन। उसले तपाईको सम्बन्ध केही समयको लागि मात्र हो भनेर देखाउन प्रयास गर्दछ। जस्तो कि ऊ कहिल्यै पनि, हामि अर्को साल बिबाह गर्ने, यहाँ घुम्न जाने, हामि भविष्यमा यसरि घर चलाउनु पर्छ आदि जस्ता बिषयमा कुरा गर्दैन।

आर्थिक रुपमा तपाईं संग निर्भर रहन्छ : यदि ऊ तपाईं माथि आर्थिक रुपमा निर्भर छ। ऊ आफुलाई कहिल्यै पनि आर्थिक रूपमा सवल देखाउँदैन। यो संकेत हो कि उसले तपाईंलाई उसको बैंकको रूपमा प्रयोग गर्दैछ। उसलाई जव पैसा चाहिन्छ, उसले तपाईंलाई आफ्नो एटीएम सोच्छ र पैसाको लागि सोध्छ। सम्बन्धमा आवश्यक पर्दा आर्थिक सहयोग लिनु सामन्य कुरा हो तर, त्यहि पैसाको लागि मात्र सम्बन्धमा हुनु चाहिं एकदमै गलत। यसरि गाँसिएको सम्बन्धले अर्को पार्टनरलाइ भबिष्यमा ठुलो चोट दिने गर्छ।