हिन्दू धर्मावलम्बीहरु हरेकको घरमा पूजा भएको नै होला । पूजा घरमा नभएपनि हामी मन्दिरमा गएर गरेका नै छौँ ।मन्दिरमा गएर हामी पूजा गर्दा मन शान्त बनाउँछौँ र भगवानको आराधना गर्दर्छौं । पूजा गरिसकेपछि हामीले क्षमा याचना पनि मागेको हौँला । तर किन पूजा सकिएपछि क्षमा याचना गरिन्छ त ? आज हामी तपाईलाई त्यसको बारेमा जानकारी गराउनेछौँ ।धार्मिक मान्यताका अनुसार हामी जुन नियमले पूजा गर्दर्छौँ त्यो नियममा केहि कमी भएको हुनसक्ने डरले हामी भगवानसँग क्षमा याचना माग्छौँ ।

क्षमा याचना गर्ने विशेष मन्त्र : आवाहनं न जानामी न जानामी विसर्जनम् । पूजां चैव नजानामी क्षमस्व परमेश्वर ।। मन्त्रहीनं क्रियाहीनं भक्तिहीनं जनार्दन । यत्पूजितं मया देव परिपूर्ण तदस्तु मे ।। अर्थात् : भगवान म तपाईलाई बोलाउन पनि जान्दिन र बिदा गर्न पनि हामी जान्दिन । मलाई पूजा गर्न र पाठ गर्न पनि आउँदैन । मलाई यी तमाम गल्तीहरुबाट क्षमा गर्नुहोस् ।मलाई पूजा गर्ने प्रक्रिया पनि थाहा छैन र मन्त्र पनि याद छैन त्यसैले मलाई माफ गरेर मेरो पूजा स्विकार्नुहोस् ।

क्षमा माग्दा के लाभ हुन्छ ? यो कुरा हामीले जान्नै पर्छ कि, क्षमा माग्दा के लाभ हुन्छ त ? क्षमा माग्दा अहंकारको भावना हट्छ । क्रोध ईर्ष्याहरु मनमा आउँदैनन् । त्यसैले मन पवित्र हुन्छ । पूजा गर्दा झुक्किएर पनि नर्गनुस् यी गल्ती ! कयौँ पटक हामीले हरेक दिन पूजापाठ गछौँ, तर त्यसको फल मिल्दैन। पूजा गर्दा हामीले गर्ने साना – साना गल्तीका कारण हुने गर्दछ । हिन्दु शास्त्रमा हामीलाई पुजा गर्दा के गल्ति गर्न हुँदैन, के कुरामा ध्यान दिनु पर्दछ भन्ने बारे उल्लेख गरिएको छ ।

भगवान वराहले वराह पुराणमा पुजाको समयमा निषेश गरिएका कामका बारेमा बताएका छन् । यस पुराणमा वराह भगवानले पूजासँग जोडिएका केही कामका बारेमा बताएका छन् । १. गलत कामबाट कमाएको पैसा भगवानलाई नचढाउनुहोस्। यसलाई अपराध मानिने गरिन्छ । २. नीलो वा कालो रंगको कपडा पूजाका समयमा लगाउनु हुँदैन । ३. शवको स्पर्श गरेपछि स्नान नगरी पूजा गर्नु हुँदैन। ४. संभोग गरीसकेपछि स्नान नगरी पूजा गर्नु हुँदैन । यसलाई अपराध मानिने गरिन्छ । ५. रिसाएको बेला भगवानको उपासना गर्दा फल मिल्दैन ।

६. अँध्यारोमा भगवानको मूर्ति वा तस्वीरलाई स्पर्श गर्नु वा पूजा गर्नु अपराध मानिने गरिन्छ । ७. घण्टी वा शंख आदीको आवाज नदिइ पूजा गर्दा भगवानले स्वीकार गर्दैनन् । ८. केही खाइसकेपछि कुल्ला नगरी वा पानी नपिइ पूजा गर्दा फल प्राप्त हुँदैन । यी ८ कुराहरु याद राख्नै पर्छ । यी कुराहरु याद राख्दा खेरि पक्कै पनि शुभ फल प्राप्त हुन सक्छ भने किन नराख्ने ? आखिर मानिसलाई जिन्दगीमा चाहिने भनेको शुभ फल त हो नि ।