बासी भातलाई हामी अस्वस्थकर मान्छौं । त्यसैले बेलुकी उब्रेको भातलाई त्यसै फालिदिन्छौं । तर, तपाईंलाई यो थाहा पाउँदा अचम्म लाग्नेछ कि बासी भात स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । असम एग्रीकल्चर यूनिवर्सिटीले गरेको एउटा अनुसन्धानबाट यो तथ्य पत्ता लागेको हो । यो कुरा पत्याउन गाह्रो हुन्छ तर यो सत्य हो ।

राति उब्रिएको भातलाई एउटा माटोको भाँडोमा भिजाएर रातभर राखिदिनुस । यसबाट भात ‘फम्र्याट’ हुनेछ । तपाईं यसलाई फ्राइ गरेर दही वा प्याज र जरा हालेर खान सक्नुहुन्छ । स्वास्थ्यका लागि यो एकदमै राम्रो खानेकुरा बन्दछ । बासी भनेर फ्याल्न लागेको खाना वा भातबाट यस्तो स्वास्थ्यमा फाइदा हुने परिकार बन्नु भनेको पक्कै पनि आश्चर्यजनक कुरा हो भन्नेमा हामी सबैलाई लाग्छ ।

एक सय ग्राम चामल पकाउँदा त्यसमा ३.४ मिलीग्राम आइरन हुन्छ । यदि हामी त्यति नै मात्रामा भातलाई कमसेकम १२ घन्टा भिजाएर खाजाको रुपमा खान्छौं भने त्यसमा आइरनको मात्रा बढेर ७३.९१ मिलीग्राम पुग्छ । त्यसैगरी यसमा सोडियम, पोटासियम र क्याल्सियमको मात्रा पनि बढ्छ । यसले मानव स्वास्थ्यमा एकदमै फाइदाको काम गर्दछ ।

यदि तपाईंले हरेक बिहान बासी भात खानुभयो भने यसबाट तपाईंको शरीरको तापक्रम पनि नियन्त्रणमा आउँछ । भातमा भरपुर मात्रामा फाइबर हुन्छ जसबाट कब्जियत जस्ता समस्याबाट छुट्कारा मिल्छ । बासीभातमा तागतिलो तत्व हुन्छ । यस्तो कुरा पक्कै पनि कसैले फ्याल्नु राम्रो होइन । तपाईलाई यो जानकारी थियो कि थिएन ?

बासी भातलाई बिहान खाजाको रुपमा खाँदा शरीरमा स्फुर्तिको अनुभव हुनुका साथै यसले अल्सरको समस्यालाई पनि निवारण गर्न सक्छ । यस्तो राम्रो हुने तरिका हामीले किन नअपनाउने ? पक्कै पनि अपनाउनु पर्छ । यसै पनि खाना वा हाम्रो मुख्य परिकारका रुपमा रहेको भात फ्याल्नु कुनै पनि दृष्टिकोणमा राम्रो काम पक्कै पनि होइन ।